images
images

सत्ता गठबन्धनको बैठकः गठबन्धनले जित्ने स्थानमा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्न सकिने

  • ४ बैशाख २०७९, आईतवार १३:०३

काठमाडौं । सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा गठबन्धनको दल जित्ने पक्का भएको स्थानमा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्न सकिने निश्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले तालमेलका लागि मातहतमा भएको प्रयासबारे समीक्षा गर्दै यस्तो निश्कर्ष निकालेको हो । बैठकले गठबन्धनका दलबीच तालमेल नभई जित्न नसक्ने स्थानमा तालमेलमै जोड दिने बिषयमा समेत छलफल भएको छ । बैठकमा चुनावी परिणाम प्रतिकुल आउने गरी मातहतका संयन्त्रले निर्णय लिए केन्द्रले सोच्न सक्ने अवस्थाबारे पनि छलफल भएको थियो । यस्तै गबनधनले भोलीसम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँडको टुंगो लगाउने भएको छ ।

शिर्ष नेताहरुबीच भोलीसम्ममा महानगर र उपमहानगरमा सिट बाँडफाँडको टुंगो लगाउने सहमति भएको हो ।सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावि तालमेल गर्ने समझदारी गरिसकेका छन् । केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म बनेका गठबन्धनका संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे छलफल गरिरहेका छन् । गठबन्धनको केन्द्रिय संयन्त्रले भोलीसम्म केन्द्रमा प्रतिबेदा बुझाउन प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १० र ११ गते मनोनयन दर्ताको मिति तोकेको छ । उम्मेदवारको मनोनयनका लागि एकसाता मात्रै बाँकी रहँदा गठबन्धन दलहरुले सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन ।