images
images

चितुवाको छाला बरामद, सिन्धुली र ओखलढुंगाका सहित ४ जना पक्राउ

  • ४ बैशाख २०७९, आईतवार १४:३२

काठमाण्डौ । दुर्लभ वन्यजन्तु चितुवाको छालासहित सिन्धुलीका एक सहित चार जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

प्रहरी प्रभाग बुढानीलकण्ठले काठमाण्डौंको बुढानीलकण्ठ नगरपालिका ८ गोल्फुटार र काठमाडौं महानगर ३ स्थित सीमानामा रहेको पुर्वपश्चिक गेष्ट हाउसमा चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानी घर भइ हाल ललितपुर पाटन बस्दै आएका ३० वर्षीय विकास पुर्कुटी, ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ९ घर भइ हाल चाँगुनारायण ५ मा बस्दै आएका फुरी शेर्पा, झापाको चन्द्रकोट गाउँपालिका ७ का ३५ वर्षीय विष्णु सुनार र धादिङको गजुरी गाउँपालिका ५ घर भई चाँगुनारायण ५ बस्दै आएका विनोद श्रेष्ठ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट चितुवाको छाला, टाउँको र मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।