
काठमाडौं । आफुलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि रेन्चु प्रहार भएको छ ।
गएराति उनकै सहकर्मीले काँडाघारीमा वाइबालाई रेन्चु प्रहार गरेकी हुन् । राम मन्दिर नजिकै पहेँलो पुलमा रेन्चु प्रहारबाट वाइबा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनको हाल बौद्ध स्थित स्तुपा अस्पतालमा उपचार भईरहेको छ । लेनदेनको विषयमा विवाद हुँदा रेन्चु प्रहार भएको हो । सहकर्मी शर्मिला श्रेष्ठ राईले उनलाई रेन्चुले प्रहार गरेर फरार भएकी छिन् ।