
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।
रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा पार्टी लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिएकी हुन् । पार्टीकै एक ब्यक्ति एक पद नीतिलाई कार्यान्वयन गर्न भन्दै श्रेष्ठले राजीनामा दिइएको बताइएको छ ।
पार्टी पुनर्संरचना गर्ने चाहानालाई सहयोग पुर्याउन श्रेष्ठले दोहोरो भूमिका निर्वाह नगर्ने बरु संसदमै प्रभावकारी भूमिका निर्वाह गर्छु भनेर राजीनामा दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । रास्वपा भित्र पनि श्रेष्ठ अर्को चुनावसम्म पार्टीमा नरहने र अर्को पपुलिस्ट समूहबाट उम्मेदवार बन्ने आशंका भइरहेका बेला समानुपातिक सांसद श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा गरेकी हुन् ।
यद्यपि उनको राजीनामा आज २ बजे बस्ने केन्द्रीय समिति बैठकमा आफ्ना कुरा राख्ने तयारी गरेकी छन् ।