images
images

२५ करोड प्रकरणः ट्रक चालक कारागार चलान, मालिका फरार

काठमाडौं । काठमाडौंको टोखाबाट बरामद भएको २५ करोड विदेशी मुद्रा तस्करीमा संग्लन ट्रक चालक कारागार चलान भएका छन् ।

२५ करोड विदेशी मुद्रा तस्करीमा संग्लन रहेका ट्रक चालक सिन्धुपाल्चोकका कुसाङ लामा कारागार चलान भएका हुन् । मंगलबार मुद्धा दायर भएसँगै हिजो जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुनामा पठाउन आदेश गरेको थियो । उनीविरुद्ध विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार २५ करोड नै बिगोदाबी गर्दै मुद्धा दायर भएको थियो । मुख्य नाइके भनिएका नारायण पौडेल भने फरार भएका छन् । कुसाङ र नारायणविरुद्ध मुद्धा दायर भएको छ ।

गत चैत ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाको झोरबाट ना.७ख १६५२ नम्बरको कन्टेनरमा विभिन्न दरका अमेरिकी डलर र युरो बरामद गरेको थियो । जसको नेपाली दर २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ थियो । गिरोहका नाइके पौडेल अनुसन्धान सुरु भएलगत्तै फरार भएका छन् । उनी २० वर्षअघि पनि डलर दुरुपयोगमा जेल परेका थिए । उनका चारै दाजुभाइ विभिन्न किसिमका अवैध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।