
काभ्रेपलाञ्चोक । अरनीको लोकमार्ग अन्तर्गत ५० किलो क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
वर्षासँगैको पहिरोले अरनीको लोकमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–८ स्थित ५० किलोदेखि ५४ किलो खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको हो । विभिन्न स्थानमा लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको काभ्रे प्रहरीले जनाएको छ । आज अपरान्ह करिव ४ बजेतिर बर्षाका कारण पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख, प्रहरी निरिक्षक विकास तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाउने प्रयास भईरहेपनि वर्षा भईरहेकाले सडक सूचारु गराउन कठिन भएको छ ।
लोकमार्ग अवरुद्ध भएपछि सवारीका साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । ट्राफिक प्रहरीका अनुसार सो रुटमा आवत जावत गर्ने सवारी साधनलाई चाखोला–ज्याम्दी–कुन्तावेँसी–नगरकोट सडक खण्ड भएर यात्रा गर्न अनुरोध गरिएको हो ।