images
images

६ डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ५ नायब महानिरिक्षक (डिआईजी) अतिरिक्त महानिरक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले ६ डिआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । एक महिनादेखि प्रहरीको ६ विभाग खाली भएकोमा आज गृहमन्त्रालयले एआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा सूचीको पहिलो नम्वरमा चन्द्र कुवेर खापुङ परेका छन् । त्यसपछि क्रमश लालमणी आचार्य, कृष्णहरी पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी छन् ।

खापुङ हाल केन्द्रीय अनुसन्धान व्युरो सिआईवी, आचार्य मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनीहरु हालका आईजीपी दिपक थापाकै ब्याचमेट हुन् । बढुवा सूचीको चौथो नम्वरमा परेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।

तत्कालिन महानिरीक्षक वसन्त कुँवरसँगै उनका ब्याचका एआईजीहरु ३० वर्षे सेवा अवधिका कारण गत चैत ४ गतेबाट अवकाशमा गएपछि ६ पद रिक्त भएको थियो । एआईजी बढुवा नहुँदा प्रहरीका ६ महत्वपूर्ण विभागहरु एक महिनादेखि खाली छ ।