
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन फागुनमा सरेको छ ।
रास्वपाको पार्टी मुख्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी फागुन ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । रास्वपाले यसअघि बैशाखमा महाधिवेशन गर्ने भनेपनि संशोधित क्यालेण्डर अनुमोदन गर्दै फागुनमा गर्ने निर्णय गरेको हो । रास्वपाले २०८२ सालको असोजसम्म वडा अधिवेशन, कात्र्तिकसम्ममा पालिका अधिवेशन, मंसिरसम्ममा जिल्ला अधिवेशन र माघ १५ भित्रमा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय पनि गरेको छ ।
यसैबीच, रास्वपाले सातै प्रदेशमा ईञ्चार्ज तोकेको छ । रास्वपाको आज बसेको बैठकले बागमती प्रदेश ईञ्चार्जमा लिमा अधिकारीलाई तोकेको हो । यस्तै, कोशी प्रदेशमा सन्तोष परियार, मधेशमा मनिष झा, गण्डकीमा शिशिर खनाल, लुम्विनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदुरपश्चिममा हरी ढकाललाई प्रदेश ईञ्चार्ज तोकिएको छ ।