भक्तपुर । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका छन् ।
एमाले सचिव पद्मा अर्यालले दाहाल ओलीलाई भेट्न पुगेको बताउँदै स्वास्थ्यलाभको कामना गरेको बताइन् । एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड-ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न प्रचण्ड पुगेका थिए ।
अस्पतालमै प्रचण्ड र ओलीबीच करिव ३० मिनेट कुराकानी भएको बताइएको छ । नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा छलफल गरेको बताइन्छ ।
उनीहरुबीच करिब ४ घण्टा छलफल भएको थियो । त्यसपछि प्रचण्ड ओलीलाई भेट्न पुगेको स्रोतले बताएको छ ।










