images
images

लागुऔषध सहित २४ जना पक्राउ, अनुसन्धान गर्दै प्रहरी

  • ४ बैशाख २०८३, शुक्रबार १३:३६

भक्तपुर । लागुऔषध सहित विभिन्न स्थानबाट एकैपटक २४ जना पक्राउ परेका छन् ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषध सहित २४ जनालाई पक्राउ गरेको हो ।  भक्तपुर, टोखा नगरपालिका, कञ्चनपुरको बेलौरी, कैलालीको धनगढी, चितवनको रत्ननगर, रूपन्देहीको बुटवल, मोरङको विराटनगर, तनहुँको आँबुखैरेनी  तथा दाङको राप्ती गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट ठूलो परिणाममा लागुऔषध समेत बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमाथि अनुसनधान भइरहेको छ ।