images
images

सार्वजनिक लेखा समितिको सभापतिमा खड्का निर्विरोध निर्वाचित

  • ४ बैशाख २०८३, शुक्रबार १३:५७

भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध भएका छन् ।

बिहीबार संघीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेको थियो ।खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए ।

शुक्रबार बसेको समिति बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका सदस्य सांसद योगेश गौचन थकालीले जानकारी दिएका छन् ।