images
images

अस्पतालमा दुई दिन बिदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन, आकस्मिक सेवा नरोकिने

  • ४ बैशाख २०८३, शुक्रबार १५:२७

भक्तपुर । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा पनि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरी शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो। स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, स्वास्थ्य संस्थामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयको भनाइ छ।

यद्यपि आकस्मिक र अन्तरंगसेवाहरू भने २४ सै घण्टा सुचारु राख्न भनिएको छ । आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाको व्यवस्थापन मिलाउन अस्पतालहरूलाई निर्देशन दिइएको छ।