images
images

जेनजी आन्दोनमा मृत भेटिएका ७ जनाको अझै खुलेन पहिचान, डीएनए हुँदै

  • ४ बैशाख २०८३, शुक्रबार १७:४०

भक्तपुर । जेनजी आन्दोलनमा मृत्यु भएका ७ जनाको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो । ती मध्ये ७ वटा शवको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

सात वटा शव जलेको अवस्थामा कंकाल मात्रै भेटिएकाले अहिलेसम्म पहिचान नखुलेको हो । शव पहिचानका लागि डीएनएको प्रक्रियामा रहेको एसपी भट्टराईले बताएका छन् ।