images
images

दोलखामा माओवादीको अग्रता, ४४ वडाको नतिजामा १७ वडा माओवादीको पोल्टामा

  • ३ जेष्ठ २०७९, मंगलवार ०७:०२

जिरी (दोलखा) । दोलखामा हालसम्म ४४ वटा वडाको नतिजा सार्वजनिक हुँदा माओवादी केन्द्रले १७ वडामा जित हात पारेको छ ।

जिल्लाको ९ वटै स्थानीय तहको ७४ वटा वडा रहेकोमा हालसम्म ४४ वटा वडाको नतिजा सार्वजनिक हुँदा माओवादीले अग्रता कायमै राखेको हो । जसमा सबैभन्दा बढी नेकपा माओवादी केन्द्रले १७ वडामा जित हात पारेको छ । सुरुदेखिनै वडामा अग्रता लिँदै आएको माओवादीले हालसम्म निरन्तर अग्रतालाई कायम राखेको हो । यसैगरी नेपाली काँग्रेस १२ र एमालेले १० वटा वडामा जित निकालेको छ । एकीकृत समाजवादीले र स्वतन्त्र उम्मेदवारले २/२ वटा वडामा जित हात परेको छ ।

हेर्नुहोस, विवरण कुन वडामा कस्तो जित

नेकपा माओबादी केन्द्रः (१७ जना)
भीमेश्वर नगरपालिका –४ तारानाथ चौलागाई
गौरीशंकर गाउँपालिका –१ प्रकाश खड्का
गौरीशंकर गाउँपालिका (२ रोहित बुढाथोकी
गौरीशंकर गाउँपालिका –३ युगबहादुर बस्नेत (बनकाइला)
जिरी नगरपालिका –२ ङिमपल्दे शेर्पा
जिरी नगरपालिका– ३खेटबहादुर घिमिरे
जिरी नगरपालिका –७ शान्त नेपाली
जिरी नगरपालिका –८ रामबहादुर खत्री
बैतेश्वर गाउँपालिका –५ भुवन घिमिरे
बैतेश्वर गाउँपालिका–७ मीन कुमार शिबाकोटी
कालिन्चोक गाउँपालिका–२ बिक्रम पाण्डे
कालिन्चोक गाउँपालिका–३ दलबहादुर तमाङ
कालिन्चोक गाउँपालिका–५ सहदेव खड्का
विगू गाउँपालिका–२ दिपक ठकुरी
मेलुङ गाउँपालिका–५ ललित थापा मगर
शैलुङ गाउँपालिका –३ वीरबहादुर तमाङ
तामाकोसी गाउँपालिका –५ शम्भु फुँयाल

नेपाली कांग्रेसः (१२जना)

बिगु गाउँपालिका –१ मेम बहादुर तमाङ
भिमेश्वर नगरपालिका–१ माधब थामी
जिरी नगरपालिका –१ कर्साङ शेर्पा९आङपासाङ०
जिरी नगरपालिका (५ नर बहादुर जिरेल
शैलुङ गाउँपालिका –१ बिरबहादुर घतानी
तामाकोशी गाउँपालिका –३ रामप्रसाद काफ्ले
बैतेश्वर गाउँपालिका –६ अशोक तमाङ
कालिञ्चोक गाउँपालिका – ४ दिपक खुलाल
भीमेश्वर नगरपालिका – ३ हरिशरण शिवाकोटी
तामाकोशी गाउँपालिका –४ सुरज खड्का
गौरीशंकर गाउँपालिका –४ शिवहरि खत्री
मेलुङ गाउँपालिका –६ कुशुम लामा

नेकपा एमालेः(११ जना)

कालिन्चोक गाउँपालिका वडा नम्बर (१ पदम बहादुर थामी
तामाकोशी गाउँपालिका –१ बसन्त थापा
बैतेश्वर गाउँपालिका –८ शान्त जिरेल
जिरी नगरपालिका(४ पदेमान जिरेल
मेलुङ गाउँपालिका( १ ईश्वर कोइराला
मेलुङ गाउँपालिका(३ बसन्त लामा
मेलुङ गाउँपालिका ( ४ सोमबहादुर तमाङ
मेलुङ गाउँपालिका (७ नवराज खड्का
भीमेश्वर नगरपालिका २ स्टालिन श्रेष्ठ
शैलुङ गाउँपालिका(२ तीर्थबहादुर श्रेष्ठ
बैतेश्वर गाउँपालिका( ४ कुमार चौलागाई

नेकपा समाजबादी (एस २ जना)

मेलुङ गाउँपालिका –२ रामकृष्ण भण्डारी
जिरी नगरपालिका –६ मरिचबहादुर खड्का

स्वतन्त्र उम्मेदवार (२ जना)

तामाकोशि गाउँपालिका –२ ईश्वर कार्की)
विगू गाउँपालिका–३ ढालबहादुर तमाङ