
जिरी (दोलखा) । दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्य एमालेले जितेको छ ।
मेलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हिरा थोकर र उपाध्यक्षमा गायीत्री आचार्य निर्वाचित भएका छन् ।
थोकर ५ हजार १ सय ६९ मत र आचार्य ४ हजार ७ सय २ मत सहित पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएका हुन् । पालिका अध्यक्ष थोकरका प्रतिद्धन्द्धी एकीकृत समाजवादीका उम्मेदवार रविन्द्र कार्कीले भने ४ हजार १ सय ६० मत र उपाध्यक्षका उम्मेदवार कांग्रेसका भक्त बहादुर तमाङले ३ हजार ४ सय ७५ मत पाएर हार व्यहोरेका छन् । राप्रपाबाट पालिका अध्यक्षका उम्मेदवार बनेका छत्र बहादुर तामाङले भने एक हजार ७७ मत मात्रै पाएका छन् ।
यस्तै, ७ वटा वडा रहेको मेलुङमा ४ वटा वडामा एमालेले र एक÷एक वडामा माओवादी, कांग्रेस तथा समाजवादीले जित हात पारेका छन् । एमालेबाट वडा नम्बर १ मा ईश्वर कोइराला, ३ मा बसन्त लामा, ४ मा सोम बहादुर बोमजन र ७ मा नवराज खड्का निर्वाचित हुँदा एकीकृत समाजवादीबाट वडा नम्बर २ मा रामकृष्ण भण्डारी, वडा नम्बर ५ मा माओवादीेका ललित थापा मगर र वडा नम्बर ६ मा कांग्रेसका कुसुम लामा विजयी भएका छन् ।