जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाको वडाहरुमा नेकपा माओवादी केन्द्रले एमालेको किल्ला भत्काएको छ ।
एमालेबाट निर्वाचित भएर एक कार्यकाल वडाध्यक्ष भइसकेका एमालेका उम्मेदवारहरुलाई यो पटक जिरीमा माओवादी केन्द्रले पराजित गरेको हो । जसअनुसार गत स्थानीय तह निर्वाचन २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका वडा नम्बर ३ का एमालेका उम्मेदवार नुर्वु शेर्पाले यो पटक हार व्यहोरेका छन् । वडा नम्बर ३ मा अहिले माओवादी केन्द्रका खेटराज घिमिरे निर्वाचित भएका छन् । यसअघि माओवादीबाट वडा सदस्यमा निर्वाचन हारेका घिमिरे अहिले वडापालिका अध्यक्ष बनेका हुन् ।
यसैगरी, वडा नम्बर ७ र ८ मा पनि एमालेको किल्ला भत्केको छ । वडा नम्बर ७ मा यसअघिको स्थानीय तह निर्वाचनमा पराजित भएका माओवादी केन्द्रका शान्त नेपालीले जित हात पारेका छन् । नेपालीले यसअघि एमालेबाट निर्वाचित भएर एक कार्यकाल सकाईसकेका डुके शेर्पालाई हराएका हुन् । शेर्पालाई एमालेले यो पटक पुनः वडा नम्बर ७ का अध्यक्षका उम्मेदवार बनाएको थियो ।
एमालेबाट निर्वाचित भएर एक कार्यकाल वडाध्यक्ष भइसकेका एमालेका उम्मेदवारहरुलाई यो पटक जिरीमा माओवादी केन्द्रले पराजित गरेको दोलखाको जिरी नगरपालिकाको वडाहरुमा माओवादी केन्द्र एमालेको किल्ला भत्काउन सफल भएको छ । जिरीमा वडा नम्बर ८ सम्मको मत परिणाम आउँदा माओवादीले ४ वटा वडामा जित निकालेको छ । जिरीमा कांग्रेसले २ तथा एमाले र एकीकृत समाजवादीले एक/एक स्थानमा जितेका छन् । यो सँगै माओवादीले ४ र कांग्रेसले २ तथा एकीकृत समाजवादीले एक स्थानमा जित हाँसिल गर्दा एमाले वडा तहमा अल्पमतमा परेको छ ।
यस्तै, गत स्थानीय तहमा एमालेले जितेको वडा नम्बर ८ मा पनि माओवादीले जितेको छ । माओवादीका उम्मेदवार कृष्ण कुमार खत्रीले एमालेका उम्मेदवार तेज बहादुर खड्का र कांग्रेसका मान कुमार श्रेष्ठ तथा जसपाको पोष बहादुर सुनुवारलाई पराजित गरेका छन् । एमालेका खड्का गत स्थानीय तह निर्वाचनबाट वडा नम्बर ८ मा निर्वाचित भएका थिए । तर, यो पटक भने उनले हार व्यहोरोका छन् ।
यसैगरी माओवादी केन्द्रले वडा नम्बर २ मा पुनः दोस्रो पटक जित निकालेको छ । माओवादीका उम्मेदवार ङिमपल्दे शेर्पा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले एमालेका पासाङ रिन्जी शेर्पा र ङावा शेर्पालाई पराजित गरेका छन् । जिरीमा वडा नम्बर ८ सम्मको मत परिणाम आउँदा माओवादीले ४ वटा वडामा जित निकालेको छ । उनीहरु प्यानलसहित विजयी भएका हुन् ।
जिरीमा कांग्रेसले २ तथा एमाले र एकीकृत समाजवादीले एक/एक स्थानमा जितेका छन् । यो सँगै माओवादीले ४ र कांग्रेसले २ तथा एकीकृत समाजवादीले एक स्थानमा जित हाँसिल गर्दा एमाले वडा तहमा अल्पमतमा परेको छ । वडा नम्बर ९ को भने नतिजा आउन बाँकी छ ।










