images
images

दोलखाका ६ पालिकाको प्रमुख,उपप्रमुखमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

  • ३ जेष्ठ २०७९, मंगलवार १३:२६

दोलखा । गठबन्धनका साझा उम्मेदवारले दोलखाका ६ वटा स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा अग्रता बढाउँदै लगेका छन् ।

हालसम्म प्राप्त नतिजा अनुसार गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको हो । जसअनुसार भीमेश्वर नगरपालिकाको नगरप्रमुखतर्फ गठबन्धनका साझा उम्मेदवार ईश्वर नारायण मानन्धर एमालेका उम्मेदवार हरिवंश चौंलागाई भन्दा ९ सय ३० मतान्तरले अघि छन् । मानन्धरले ३६ सय ५० मत प्राप्त गर्दा चौंलागाईले २७ सय २० मत पाएका छन् । नगर उपप्रमुखतर्फ भने निकै कडा टक्कर परिरहेको छ । गठबन्धनकी साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीकी संगिता तमाङले २८ सय ९४ मत प्राप्त गरेकी छिन् भने एमालेकी उम्मेदवार कमला बस्नेतले २६ सय ९१ मत पाएकी छिन् । उनीहरुबीचको मतान्तर २ सय ३ छ ।

कालिञ्चोक गाउँपालिका
कालिञ्चोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकम अर्जुनप्रसाद शिवाकोटीले ३ हजार ४ सय ५७ मत प्राप्त गर्दा नेकपा एमालेका गणेश शिवाकोटीले २ हजार ६ सय ८४ मत प्राप्त गरेका छन् । अर्जुन र गणेशको मतान्तर ७ सय ७७ छ । उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवारको अग्रता छ । माओवादी केन्द्रका उम्मेदवार कुल बहादुर बुढाथोकीले ३ हजार ६ सय १७ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार कविता थामीले २ हजार ८ सय ८४ मत प्राप्त गरेकी छिन् । बुढाथोकी र थामीबीचको मतान्तर ७ सय ३३ देखिएको छ ।

गौरीशंकर गाउँपालिका

गौरीशंकर गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वास कार्की ११ सय ८० मतान्तरले अघि देखिएका छन् । कार्कीले २४ सय ८५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार जंग बहादुर गुरुङले १३ सय ५ मत पाएका छन् । उपाध्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार श्याम सुन्दर तमाङले २१ सय ९० मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार मुना शिवाकोटीले १४ सय ६८ मत प्राप्त गरेकी छिन् । उनीहरुबीच ७ सय २२ को मतान्तर छ ।

तामाकोशी गाउँपालिका

तामाकोशी गाउँपालिकामा पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका उम्मेदवार प्रोण प्रताव केसी १४ सय ४५ सहित अग्रस्थानमा छन् । केसीले ३२ सय ९६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार अभिषेक सुवेदीले १८ सय ५१ मत पाएका छन् । हालसम्म प्राप्त नतिजा अनुसार उपाध्यक्षतर्फ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सुवेदीले ३२ सय १ मत पाएकी छिन् भने एमालेकी उम्मेदवार अम्बिका पोखरेलले १८ सय ५७ मत प्राप्त गरेकी छिन् । १३ सय ४४ को फराकिलो मतान्तर देखिएको छ ।

विगु गाउँपालिका

विगु गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार संजिव ओली २ सय ४२ मतान्तरले एमालेका उम्मेदवार भन्दा अघि देखिएका छन् । ओलीले १४ सय ८० मत प्राप्त गर्दा एमालेका अचुतम केसीले १२ सय ३८ मत पाएका छन् । उपाध्यक्षतर्फ कांग्रेसका आङनिमा शेर्पाले १४ सय प्राप्त गरेका छन् हने एमालेकी देविका थामीले १ हजार २८ मत पाएकी छिन् । उनीहरुबीच ३ सय ७२ को मतान्तर छ ।

शैलुङ गाउँपालिका

शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार रिमालवावु श्रेष्ठ ८ सय ७७ मत सहित अगाडि देखिएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले २५ सय ९९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार धन बहादुर तमाङले १७ सय २२ मत पाएका न् । उपाध्यक्षतर्फ नेपाली कांग्रेसका दावा दोर्जे लामाले २४ सय ९१ र एमालेकी उम्मेदवार पार्वती कार्कीले १७ सय ७४ मत पाएकी छिन् । लामा र कार्कीबीच ७ सय १७ मतको मतान्तर देखिएको छ ।