images
images

वैतेस्वर गाउँपालिकामा कडा प्रतिश्पर्धाः खड्कालाई ३५ मतले पछि पार्दै लामा अग्रस्थानमा

  • ३ जेष्ठ २०७९, मंगलवार १४:५०

दोलखा । दोलखाको वैतेस्वर गाउँपालिकाको ६ वटा वडाको मत गणना गर्दा प्रमुख तीन दलवाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार वीच कडा प्रतिश्पर्धा देखिएको छ ।

वैतेस्वर गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ८ को मतगणना गर्दा नेपाली कांग्रेसवाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार छवि लामाले २८०३ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रवाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लक्ष्मण खड्काले २७६८ मत पाएका छन् । खड्कालाई ३५ मतले पछि पार्दै लामा अग्रपंक्तिमा रहेका हुन् । खड्काले २७६८ मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार माधवप्रसाद घिमिरेले २७५० मत पाएका छन् । खड्का र घिमिरे वीचको मतान्तर १८ मत रहेको छ । वडा नम्बर ४ सम्मको मतगणनामा तेश्रो स्थानमा रहेका लामाले वडा नम्बर ३ मिर्गेको मत गणना सकिदा पहिलो स्थान ओगट्न सफल भएका हुन् । वडा नम्बर ४ सम्मको मतगणनामा दोश्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार खड्काले ३ नम्बर वडाको मत गणनावाट पनि दोश्रो स्थान कायमै राखेका हुन् । अध्यक्ष पदका उम्मेदवार खड्काको गृह वडापालिका मिर्गेवाट उनले धेरै मतका साथ अग्रता लिने अवस्था भएपनि मतदानको दिन सोही मतदान केन्द्रमा दिनभर झडप भएपछि अवस्था बिग्रिएको थियो । झडपका क्रममा धेरै जना घाईते भएको र मतदाता तितरवितर भएपछि कांग्रेसका कार्यकर्ताले एकलौटी पेलेर मतदान गरेका थिए ।

दोलखाको वैतेस्वर गाउँपालिकाको ६ वटा वडाको मत गणना गर्दा प्रमुख तीन दलवाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार वीच कडा प्रतिश्पर्धा देखिएको छ । वैतेस्वर गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र ८ को मतगणना गर्दा नेपाली कांग्रेसवाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार छवि लामाले २८०३ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रवाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लक्ष्मण खड्काले २७६८ मत पाएका छन् । खड्कालाई ३५ मतले पछि पार्दै लामा अग्रपंक्तिमा रहेका हुन् । खड्काले २७६८ मत पाएका छन् ।

मिर्गे मतदान केन्द्रमा कांग्रेस कार्यकर्ताले बुथमै पेस्तोल देखाउँदा पनि सुरक्षाकर्मीले एक्सन लिएका थिएनन् । निर्वाचनमा झडप भएर मतदाता आतँकित भएपनि अध्यक्ष पदका उम्मेदवार खड्काले ६२० मत पाएका छन् भने लामाले ९२० मत ल्याएका छन् । वैतेस्वर ३ मा मतदानको दिन भएको झडपकै कारण मत परिणाम उल्टिएर माओवादी केन्द्रको भन्दा कांग्रेको मत ३ सय मत बढी देखिएको छ । गाउँपालिकाको उपाध्यक्षतर्फ नेपाली कांग्रेसकी उम्मेदवार कल्पना उप्रेतिले २८४६ र नेकपा एकिकृत समाजवादीका उम्मेदवार कल्याण दहालले २६ सय ७६ तथा नेकपा एमालेका उम्मेदवार छविलाल तमाङले १६०१ मत प्राप्त गरेका छन् ।

वैतेस्वरको वडा नम्बर २ गैरीमुदीमा पनि मतदानका दिन दिनभर तनाव भएर मतदाता तितरवितर भएका कारण त्याहाँको मतको अवस्था यकिन गर्न कठिन छ । वैतेस्वर २ को मतदान केन्द्र पुतलीकाठ आसपासको क्षेत्र मतदानको अघिल्लो दिन बैशाख २९ गते रातिदेखि नैं अशान्त बनेको थियो । वैतेवर गाउँपालिका वडा नम्बर १ मा भने नेपाली कांग्रेसले पुरै बुथ कव्जा गरेको आरोप छ । एमाले र माओवादी केन्द्रका मतदातालाई तितरवितर बनाएर कांग्रेसले एकलौटी बुथ कव्जा गरेको भन्दै एमालेवाट गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार बनेका घिमिरेले निर्वाचन कार्यालयमा पुनः मतदानको माग गर्दै उजुरी दिएका छन् ।