images
images

गौरीशंकर गाउँपालिकामा माओवादीको अग्रता कायमै

  • ३ जेष्ठ २०७९, मंगलवार १६:०३

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अग्रता बढाउँदै लगेका छन् ।

एमालेका उम्मेदवार जंग बहादुर गुरुङलाई पछि पार्दै कार्कीले आफ्नो अग्रता बढाउँदै लगेका हुन् । हालसम्म प्राप्त नतिजा अनुसार कार्कीले २९ सय ८८ मत प्राप्त गरेका छन् भने गुरुङले २४ सय ९१ मत प्राप्त गरेका छन् । कार्की गुरुङ भन्दा ४ सय ९७ मतान्तरले अघि देखिएका छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । गौरीशंकरका ९ वटा वडामध्ये हालसम्म ५ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये माओवादी केन्द्रले तीन वटा वडामा विजयी हात पारेको छ भने एमाले र कांग्रेसले एक–एक वडा जितेका छन् । हाल वडा नम्बर ६ को मतगणना भइरहेको छ ।