images
images

शिक्षा मन्त्रालयद्धारा दलको कार्यसमितिमा रहेका शिक्षकमाथि भएको कारबाहीको विवरण माग

  • ४ जेष्ठ २०८१, शुक्रबार ०६:२८

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै यस्तो माग गरेको हो । केन्द्रले राजनीतिक कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । राजनीतिक दलको कार्यसमितिमा रहेका र महाधिवेसन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ ती सबै १५ दिनभित्र विवरण पेश गर्न भनिएको छ । शिक्षा मन्त्रालयले यसअघि दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायमा पत्राचार गरेको थियो । सोही अनुसार केन्द्रले देशभरका ७७ वटै जिल्लामा पत्राचार गर्दै हालसम्म भएको प्रगतिको विवरण माग गरेको हो ।