काठमाडौं । काठमाडौंको मनमैजुमा ट्राफिक प्रहरीका एक जना प्रहरी जवान मृत फेला परेका छन् ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा तारकेश्वर नगरपालिका—९ मनमैजुमा फेला परेको हो । प्रहरीका अनुसार स्थानीयले खवर गरेपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको छ । प्रहरीका अनुसार घटनाका विषयमा अनषन्धान भईरहेको छ ।
बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।
खोटाङ घर भएका अन्दाजी ३० बर्षीय घिमिरे परिवार सहित सामाखुशी बस्दै आएका थिए ।










