रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ स्थित सुनकोशी नदीमा अन्दाजी ४०/४५ वर्षिय पुरुषको शव फेला परेको हो । मृतक पुरुषको सनाखत भएको छैन । हिजो साँझ माछा मार्न सुनकोशी गएका स्थानियले नदीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले मुचुल्का तयार गरी शव मन्थली अस्पतालमा ल्याएको हो । घटनाको प्रकृति हेर्दा ति पुरुषलाई खोलाले बगाएर ल्याएको देखिएको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र ढकालले जानकारी दिनुभयो । पुरुषको शव सडेगलेको अवस्थामा फेला परेकाले एक साता अघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।










