जिरी (दोलखा) बागमती प्रदेश सरकारबाट दोलखाका लागि विनियोजन भएको बजेटमा सबैभन्दा बढी सर्शत अनुदानतर्फको बजेट परेकोे छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट विनियोजन गर्ने क्रममा दोलखामा सबैभन्दा बढी बजेट सर्शत अनुदानको आउने भएको हो । सशर्त अनुदान अन्तर्गत चालुतर्फ २२ करोड ६४ लाख ८८ हजार बजेट विनियोजन भएको छ । सो बजेटमा ९ वटै पालिकाको ६६ वटा विकास निर्माणको आयोजना सञ्चालनका लागि २२ करोड ६४ लाख ८८ हजार बजेट विनियोजन भएको हो । सबैभन्दा बढी भीमेश्वर नगरपालिका र तामाकोशी गाउँपालिकाले ९/९ वटा योजनाका लागि बजेट पाउने भएका छन् भने बैतेश्वर र मेलुङ गाउँपालिकाले ८/८, गौरीशंकर, विगु र शैलुङ गाउँपालिकाले ७/७ वटा योजनाका लागि तथा कालिञ्चोक गाउँपालिकाले ६ र जिरी नगरपालिकाले ५ आयोजनाका लागि सर्शत अनुदानतर्फको बजेट पाउने भएका छन् ।
हेर्नुहोस, सशर्त अनुदान तर्फको बजेट र योजनाहरु
जिरी नगरपालिका
१.कृषी उपज संकलन केन्द्र –१५ लाख
२.गुबाजुटोल (राबु) यार्साटोल पल्लो सिङ्ग्वाटोल खानेपानी आयोजना जिरी–१ को लागि– २५ लाख
३. खावा सुर्के समाज को अधुरो भवन, जिरी नगरपालिका –२५ लाख
४.देउराली थलारी वडा कार्यालय सडक जिरी नगरपालिका–२५ लाख
५.घुन्सा स्कुल देखि वडा कार्यालय सम्म सडक निर्माण जिरी नगरपालिका–२५ लाख
भिमेश्वर नगरपालिका
१.कृषि पुर्वाधार विकास कार्यक्रम–आलु भण्डारण केन्द्र–१५ लाख
२.केरा खेती प्रवर्द्धन कार्यक्रम भिनपा–५ का लागि– १० लाख
३.तरकारी खेती प्रवर्द्धन कार्यक्रम–आलु खेती प्रवर्द्धन तथा बीउ उत्पादन ,भिनपा–३ का लागि– १५ लाख
४.कृषि पर्यटन प्रवर्द्धन कार्यक्रम भिनपा–८ का लागि –१५ लाख
५. तामाकोशी फुलपा दोलखा बेसि लिफ्ट सिन्चाइ आयोजना,भिनपा–२ का लागि –२५ लाख
६.लिसेपानी खानेपानी आयोजना भिनपा–९ का लागि –२५ लाख
७.विश्व शान्ति बुद्ध पार्क भिनपा–२ का लागि –२५ लाख
८. जिल्ला प्रशासन गेट पुरानो सभाहल सडक भिनपा ३ का लागि–२५ लाख
९. घ्यावपानी सेरानिगाले सडक भिनपा–६/७/८/९ – ५० लाख
कालिन्चोक गाउँपालिका
१.पोर्टेवल कोल्ड च्याम्बर–१५ लाख
२.कृषि तथा पशुपन्छी प्रवर्द्धन कार्यक्रम कालिन्चोक ९ का लागि –१५ लाख
३.ढिकुरे विस्मुरे खानेपानी योजना कालिन्चोक ४ का लागि –२५ लाख
४.धमिरे खोला भदौरे ठुलाखेत लिफ्ट खानेपानी आयोजना कालिन्चोक–७ का लागि –२५ लाख
५.सिस्नेरी कमेरे सडक कालिन्चोक–२ का लागि –५० लाख
६.बाबरे धारापानी सिस्नेरी सडक कालिन्चोक–२ का लागि –५० लाख
गौरीशंकर गाउँपालिका
१.पन्छी प्रवर्द्धन कार्यक्रमका लागि –१० लाख
२.रावा सुरिडाडा कुइकेप खानेपानी योजना गौरीशंकर–५ का लागि–२५ लाख
३.खारे खोला व्यवस्थापन कार्य गौरीशंकर–८का लागि –२५ लाख
४.सेल्पु यार्सा हनुमन्ते सडक गौरीशंकर गाउँपालिका– २५ लाख
५.ढिकेडाडा निलकण्ठेश्वर सडक स्तरोन्नति गौरीशंकर गाउँपालिका –२५ लाख
६. गोर्पाङ ज्याङ्वारिङ देपुङ वासा सडक गौरीशंकर–४ का लागि –२५ लाख
७.पिखुती महतारा मानेडाडा सडक स्तरोन्नति गौरीशंकर–३ का लागि –२५ लाख
तामाकोसी गाउँपालिका
१. कृषी प्रवर्द्धन कार्यक्रम तामाकोसी गाउँपालिका –१० लाख
२.भैंसी प्रवर्द्धन कार्यक्रम तामाकोसी गाउँपालिका–१० लाख
३.पोखरे खापा योजना तामाकोसी–६ का लागि– २५ लाख
४.कालिपोखरी सिंचाइ योजना तामाकोसी–३ का लागि २५ लाख
५.अड्चले शिव मन्दिर पुर्वाधार निर्माण तामाकोसी–३ का लागि –२५ लाख
६.गोल्मेश्वर मन्दिर पुर्वाधार निर्माण तामाकोसी–४ को लागि –२५ लाख
७.तिलक स्मृति डिहि गाउँ च्यामावेशी खिम्ती खोला सडक तामाकोसी ६ को लागि–३० लाख
८.नसखर्क जन्ते भिरमुनी सडक तामाकोसी ६ को लागि –४० लाख
९.पिङ्हाले चौर देखि कुप्रीझ्याङ हुँदै मजुवा स्वारो दलित बस्ती सम्म सडक निर्माण तामाकोसी ५ – ३० लाख
वैत्यश्वर गाउँपालिका
१.स्थानिय कालो बङ्गुर संरक्षण प्रवर्द्धन कार्यक्रम वैत्यश्वर ६ को लागि –१० लाख
२.दलित समुदाय को आय आर्जन को लागि कृषि तथा पशुपालन कार्यक्रम वैत्यश्वर गाउँपालिका –१० लाख
३. हिटि खानेपानी आयोजना वैत्यश्वर ४–२५ लाख
४.भिरमुनी माथले दाहालटार खानेपानी आयोजना वैत्यश्वर–६ र वगर आग्रीगाउ खा पा योजना वैत्यश्वर १–२५ लाख
५.गोलेश्वर देवि स्थान निर्माण वैत्यश्वर १– २५ लाख
६.देउरानी हनुमान पार्क वैत्यश्वर ५ –२५ लाख
७.गोपिखोला गैरिमुदी पाडुडाडा सडक वैत्यश्वर गाउँपालिका –५० लाख
८. नाम्दु –पाडुडाडा गाउपालिका सडक वैत्यश्वर गाउँपालिका– ५० लाख
मेलुङ्ग गाउँपालिका
कृषी प्रवर्द्धन कार्यक्रम मेलुङ्ग गाउँपालिका ४ का लागि–१० लाख
२.मुकुने ठुलो ढुङ्गा खा पा निर्माण मेलुङ्ग–३ को लागि–२५ लाख
३.बोत्ले सिन्चाइ आयोजना मेलुङ्ग–६ को लागि –२५ लाख
४.भिमेश्वर मन्दिर पुर्वाधार निर्माण मेलुङ्ग ६ को लागि–२५ लाख
५.इन्द्रावती मन्दिर संरक्षण मेलुङ्ग ६ को लागि –२५ लाख
६.देवालिङ गुम्बा निर्माण मेलुङ्ग–५ को लागि –२५ लाख
७.मेलुङ्ग निगासे मिल्ती खोला सडक मेलुङ्ग–६ को लागि– ५० लाख
८.गोले गाउँ फड्के खोला हुँदै मेलुङ्ग सडक, मेलुङ्ग–४को लागि –५० लाख
विगु गाउँपालिका
१. विगु वडा ५ मा पशुपालन प्रवर्द्धन (भेडा चौरी)–२५ लाख
२.कृषी उपज संकलन केन्द्र निर्माण गाउँपालिका–१० लाख
३.खोला खर्क बाट वडा नम्बर ८ को लागि खानेपानी योजना विगु गाउँपालिक–२५ लाख
४.सिङ्गटी खोला नदि नियन्त्रण विगु गाउँपालिका–२५ लाख
५.गगलाते ठिङ्साङ सडक विगु गाउँपालिका–५० लाख
६.सामुदायिक भवन निर्माण व्यवस्थापन विगु गाउँपालिका– २५ लाख
७.सिङ्गटी बसपार्क निर्माण गाउँपालिका–२५ लाख
शैलुङ्ग गाउँपालिका
१.कृषी व्यवसाय प्रवर्द्धन कार्यक्रम ओखर पकेट क्षेत्र–१० लाख
२.अधेरी खोला मन्जेत फस्कु सिंचाइ योजना शैलुङ्ग–७–२५ लाख
३.तल्लो पोखरे खानेपानी योजना शैलुङ्ग–८–२५ लाख
४.अधिकारिको डिल पानीखोल्चा पैती सडक शैलुङ्ग गाउँपालिका–२५ लाख
५.बाघखोर प्रसाद वडा कार्यालय जम्बुसिङ सडक स्तरोन्नति शैलुङ्ग गाउँपालिका –२५ लाख
६.मेहेले सासिम सडक शैलुङ्ग गाउँपालिका– २५ लाख
७.ओखरबोट हिले हेल्थ पोस्ट सडक शैलुङ्ग गाउँपालिका–२५ लाख



हाम्रो अपडेट 






