images
images

काभ्रेपलाञ्चोकमा मोटरसाइकल र आईचर गाडी ठोक्किँदा एक पुरुषको मृत्यु

  • ३ असार २०७९, शुक्रबार १८:०५

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा परी एक पुरुषकोे मृत्यु भएको छ ।

जिल्लाको भुम्लु गाउँपालिका १० चाखोलामा बा ४ ख ४८८८ नम्बरको आईचर गाडी र प्रदेश ३–०२–००८ प ६४२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भक्तपुरको ठिमी नगरपालिकाका २५ वर्षीय मनिष खड्काको मृत्यु भएको हो । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक खड्काको मृत्यु भएको काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खड्काको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । आईचर गाडीका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएकोे छ ।