images
images

नेपाल बंगलादेशसँग २१ रनले पराजित

  • ४ असार २०८१, सोमबार ०८:५९

काठमाडौं । आइसिसी टी–२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।

नेपाल आफ्नो अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको हो । यो हारसँगै नेपाल २०२४ को टी २० विश्वकपमा जित विहीन हुँदै घर फर्किएको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा अल आउट भएको छ । समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव २ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सफल भएको थियो ।