images
images

बौद्ध भिक्षुलाई भेटन परराष्ट्रमन्त्री श्रेष्ठ दोलखाको शैलुङमा

  • ३ असार २०८१, सोमबार १९:५०

दोलखा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज दोलखाको शैलुङ आउनुभएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ दोलखाको शैलुङ गाउँपालिकास्थित बौद्ध ध्यान केन्द्रका गुरुसँग भेटका लागि आउनुभएको हो । परराष्ट्रमन्त्री श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव सहितका अधिकारीहरुको टोलीलाई राजनीतिक दलका नेता, पुर्व जनप्रतिनिधि तथा स्थानीयले दोलखाको शैलुङमा स्वागत गरेका थिए । परराष्ट्रमन्त्री श्रेष्ठले शैलुङ गाउँपालिका–७ स्थित धम्बा दायदा शैलुङ ध्यान केन्द्रका ९४ वर्षीय बौद्ध भिक्षु गुरु प औक स्याडोको दशर्न गरि आशिरवाद लिएको गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । बौद्ध गुरुको दर्शनका लागि आज दिउँसो दोलखाको शैलुङ आईपुग्नुभएका परराष्ट्रमन्त्री श्रेष्ठ करिव एक घण्टा दोलखा बसेर आजै काठमाडौँ फर्कनु भएको छ ।

परराष्ट्रमन्त्रीको शैलुङ भ्रमणका क्रममा फस्कुबाट गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे र बौद्ध विहार तथा आश्रम आसपासमा खानेपानी आयोजना निर्माणका लागि आग्रह गरिएको गाउँपालिकाका पूर्व अध्यक्ष दुलालले बताउनुभयो । जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले गाउँपालिकालाई प्रस्ताव लिएर आउन आग्रह गर्नुभएको छ ।