images
images

ललितपुरमा ट्रकको ठक्करबाट सिन्धुलीका युवकको मृत्यु

  • ३ असार २०८१, सोमबार २०:०४

काठमाडौँ । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा सिन्धुलीका एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परि सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेको मृत्यु भएको हो । गम्भीर घाइते भएका पाण्डेको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो । आज साँझ कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।