images
images

उपमेयरलाई हार्दिक श्रद्धाञ्जली लेखेपछि धरान भयो तनावग्रस्त

  • ३ असार २०८२, मंगलवार १७:१०

धरान । उपमेयरलाई हार्दिक श्रद्धान्जली लेखेपछि धरान तनाव ग्रस्त भएको छ ।

श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेशेपछि भुक्तानी रोकेको भन्दै उपमेयर आइन्द्र बेघालाई मेयर हर्क साम्पाङ पक्षले हार्दिक श्रद्धाञ्जली लेखेपछि माओवादी कार्यकर्ता आक्रोशित बन्दा धरान तनाव ग्रस्त बनेको हो । मेयर साम्पाङ र उपमेयर बेघाबीचको विवाद चुलिँदै गएपछि धरान तनाव ग्रस्त बनेको छ ।

दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षा दुईजनाबीच विवाद भएको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका हर्कका समर्थक उपमहानगर आएको बताइएको छ । हर्कका समर्थकले विकासविरोधी उपमेयर चाहिँदैन , राजनीतिक दलहरू चाहिँदैन भन्दै नाराबाजी गरेका छन् भने माओवादी कार्यकर्ताले हर्क साम्पाङ मुर्दावाद, गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन भन्दै नारा लगाएका छन् ।

साम्पाङका समर्थक र उपमेयर बेघासम्वद्ध माओवादीका कार्यकर्ता आमनेसामने भएपछि स्थिति तनावग्रस्त बनेको हो । आज दुवै पक्ष आम्ने साम्ने भएपछि यहाँ एपीएफ, नेपाल प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।