काठमाडौं । आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व धुमधामका साथ मनाइँदैछ ।
असारे हिलो पखालेर खुसीयाली मनाउने दिनको रुपमा आज साउने संक्रान्ति पर्व मनाउने गरिन्छ । कृषि प्रदान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथन अनुसार असार महिनाभर गरीएका खेतिपातिका कारण थाकेका किसान हिलो मैलो पखाली घर परिवार र आफन्तको साथमा रमाईलो गरी आजको दिन भोज खाने गर्दछन् ।
महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउने भन्ने मान्यताका साथ आज किसानहरुले लुतो फाल्ने प्रचलन छ । आजकै दिनबाट सुर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउन महिना सुरु भएसँगै प्रत्यक सोमबार भने हिन्दु महिलाहरु भगवान शिवको पुजा आरधना गरि व्रत समेत बस्ने प्रचलन छ ।










