सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ५ की ५० वर्षिया वसन लामाको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकैको गोठमा बसिरहेको अवस्थामा लामा चट्याङ लागेर गम्भीर घाइते भएकी थिइन् । घाइते उनको सिन्धुसदावहार अस्पताल खाँडीचौरमा उपचारका क्रममा हिजो साझँ मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।










