images
images

नेपाल–चीन हिमालय मैत्री समाजको अध्यक्षमा गौतम, महासचिवमा पोखरेल

  • १ श्रावण २०७९, आईतवार १६:२०

काठमाडौं । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) को १२ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

काठमाडौंमा सम्पन्न समाजको साधारण सभाले एमाले स्थायी समिति सदस्य एवँ संखुवासभाका सांसद राजेन्द्र गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समाजको उपाध्यक्षमा सांसद गणेश सिंह ठगुन्ना, महासचिवमा दोलखाका रिनन पोखरेल, सचिवमा डा. कल्याण रोक्का र सचिवमा दोलखाकी एमाले नेतृ कालिका पाठक तथा कोषाध्यक्षमा संघर्ष बिष्ट चयन भएका छन् । महासचिवमा चयन भएका पोखरेल एमाले पोलिट् व्यूरो सदस्य एवँ पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलका छोरा हुन् भने सचिवमा चयन हुने पाठक दोलखा एमालेकी नेतृ एवँ कालिन्चोक गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । पूर्वमन्त्री पोखरेल समाजको संरक्षक चयन भएका छन् । पूर्वमन्त्री पोखरेल नेपाल चीन हिमालय मैत्री समाजको संस्थापक अध्यक्ष हुन् ।

नेचिप्सको साधारण सभा पूर्व प्रधानमन्त्री एवँ एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाल र चीनवीचको सम्वन्ध तथा विकासमा सहयोगी भूमिका निर्वाह गर्ने उद्धेस्यले स्थापना भएको नेचिप्सले पछिल्ला बर्षहरुमा आफ्नो गतिविधि बढाउँदै लगेको छ । यो संस्थाको नेतृत्व एमाले नेताहरुले गर्दै आएका छन् ।