नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कनुहुने भएको छ ।
तिन दिने भारत भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्ड आज भ्रमण पुरा गरी स्वदेश फर्कनु हुने भएको हो । भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा अध्यक्ष प्रचण्ड शुक्रबार भारत प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, भाजपा अधयक्ष नड्डा सहित अन्य नेताहरुसँग छुट्टाछुटै भेटवार्ता गर्नुभएको थियो । यस्तै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्ने कार्यक्रम तय भए पनि मोदीको व्यवस्ताको कारण भएन् ।
प्रचण्डको सचिवालयले आज बिहान भेट कार्यक्रम रहेको दाबी गरिरहेका बेला व्यस्त रहेको भन्दै अन्तिम समयमा मोदीले भेट नदिएको खुलेको छ । माओवादी केन्द्र अध्यक्ष प्रचण्डको तीन दिने भारत भ्रमण महत्वपुर्ण र फलदायी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भ्रमण टोलीमा रहेकी स्वकीय सचिव समेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले भाजपा तीन दिने भारतको सद्धभावना भ्रमण सफलता पुर्वक सम्पन्न भएको भन्दै पार्टी टु पार्टी सम्बन्धी विकासका लागि भ्रमण महत्वपुर्ण रहेकामे बताउनुभएको छ ।
भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भ्रमणका क्रममा शुक्रबार दिल्ली पुग्नुभएको प्रचण्डलाई गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । प्रचण्डलाई नेपाली राजदुत डा. शंकर प्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतले स्वागत गरेका थिए ।










