images
images

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीको प्रचण्डसँग भेट, प्रदेश सरकारकाबारे छलफल

  • २ श्रावण २०८१, बुधबार ०९:५४

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा माओवादीबाट बनेका मन्त्रीसहित आज बिहान प्रचण्डलाई भेट गरेका हुन् । भेटमा बागमती प्रदेश सरकारको अबको रणनीति, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री जम्कट्टेल, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, सामाजिक विकासमन्त्री कुमारी मुक्तान, मुख्य सचेतक रत्न ढकाल आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

नयाँ राजनीतिक समीकरणसँगै बागमती प्रदेश सरकार पनि ढल्ने निश्चित छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने सम्भावना नभएपनि असार ६ गते विश्वासको मतको सामना गर्दैछन् ।