images
images

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने

  • २ श्रावण २०८१, बुधबार १५:१८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगमी आईतबार विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आगमी आईतबार (असार ६ गते) प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । अघिल्लो आईतबार प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले एकसाताभित्रै विश्वासको मत लिन लाग्नुभएको हो । संसदका सबैभन्दा ठुला दुई दल मिलेकाले प्रधानमन्त्रीसँग सुविधानजनक बहुमत छ ।

हाल नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र लोसपा सरकारमा छन् । सबै मन्न्त्रालयको भागवन्डा टुंगिएर २२ सदस्यीय मन्त्रिपरिषद गठन पनि भइसकेको छ । अन्य दलहरुले सरकारलाई समर्थन गर्ने–नगर्ने विषय हालसम्म अन्यौलमै छ ।