काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायधिवक्ता नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधीवक्ता पदमा नियुक्त गर्नुभएको हो । काठमाडौँ महानगरपालिका ७ चाबहिल निवासी बडाललाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । बडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायधिवक्ता भएका थिए ।
सरकारको कानुनी सल्लाहकार मानिने महान्यायधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलो पटक महान्याधिवक्ता नियुक्त भएका थिए ।
यसअघिका महान्यायधिवक्ता डा. दिनमणी पोखरेलले सरकार परिवर्तन भएसँगै राजिनामा दिएका थिए ।