images
images

बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुननिर्माणमा एडिबिले सहयोग गर्ने

  • २ श्रावण २०८१, बुधबार १८:३९

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी अयोाजनाको पुननिर्माणका लागि एडिबिले सहयोग गर्ने भएको छ ।

खानेपानी मन्त्री प्रदिप यादबसँग भएको भेटमा नेपालका लागि एसियाली विकास बैंक (एडिबि) का कन्ट्री डाईरेक्टर अर्नाउड कौकोईसले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । मन्त्री यादव र कन्ट्री डाईरेक्टर अर्नाउडबीच आज खानेपानी मन्त्रालयमा शिष्टाचार भेट भएको थियो । भेटमा कन्ट्री डाईरेक्टर अर्नाउडले मेलम्ची खानेपानी विकास समिति र एडिबिबीच लामो समयदेखि संयुक्त रुपमा सहकार्य गरेर खानेपानी क्षेत्रमा काम गर्दै आएको भन्दै पुनः सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा छलफल हुँदा कन्ट्री डाईरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपाललाई फेरीपनि सहयोग गर्ने एडिबि तयार रहेको बताएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

मेलम्चीमा बाढीका कारण भएको क्षतिलाई पुननिर्माण गर्नका लागि एडिबी सँधै तयार रहेको उहाँको भनाई छ । कन्ट्री डाईरेक्टर अर्नाउडले सन् २०२१ मा मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा आएको बाढी पहिरोले हेडवक्र्स पुरै बगाएर क्षति गरेपछि सो हेडवक्र्सलाई केही माथि सारेर पानी वितरण गर्ने कार्यका लागि आँफुहरु सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।