काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती प्रदेशका १० वटा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा व्यक्तिविरुद्ध भ्रष्टचार मुद्धा चलाएको छ ।
आयोगले आर्थिक वर्ष २०८०/८१ मा मुलुकभरका ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टचार मुद्धा चलाउँदा बागमती प्रदेशका १० स्थानीय तहका व्यक्तिविरुद्ध मुद्धा चलाएको हो । जसअनुसार दोलखाको तामाकोशी गाउँपालिकाको तत्कालिन उपाध्यक्ष उर्मिला खड्का र प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध गैरकानुनी लाभ हानी सम्बन्धि कसुरमा मुद्धा चलाएको थियो । यद्धपी उनीहरु सबैले विशेष अदालतबाट सफाई पाएर निर्दाेष सावित भईसकेका छन् । यस्तै, दोलखाकै शैलुङ गाउँपालिकाकी कल्याणी सुवेदीविरुद्ध प्रतिकुल वकपत्रको आरोपमा मुद्धा चलेको थियो ।
आयोगले आर्थिक वर्ष २०८०/८१ मा मुलुकभरका ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टचार मुद्धा चलाउँदा बागमती प्रदेशका १० स्थानीय तहका व्यक्तिविरुद्ध मुद्धा चलाएको हो । बागमती प्रदेशका अधिकांश काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा व्यक्तिविरुद्ध मुद्धा चलाईएको छ ।
रामेछापको मन्थली नगरपालिकाका वडासचिव शिवकुमार महतो विरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी कसुरमा मुद्धा चलाईएको अख्तियारले जनाएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का वडा अध्यक्ष नृपेश बादेविरुद्ध पनि घुस रिसवतको कसुरमा मुद्धा चलाईएको थियो । वडा अध्यक्ष बादेविरुद्ध घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग १५ लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएकोमा सोमबार मात्रै अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैद र १५ लाख जरिवानाको फैसला सुनाईसकेको छ ।
बागमती प्रदेशका अधिकांश काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा व्यक्तिविरुद्ध मुद्धा चलाईएको छ । यस्तै, चितवन, मकवानपुर र ललितपुरका एक/एक स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध मुद्धा चलेको अख्तियारले जनाएको छ ।
अख्तियारले तत्कालिन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाअध्यक्ष, सव- ईन्जिनियर सहितका पदमा कार्यरत व्यक्तिहरुविरुद्ध मुद्धा चलाएको हो ।