images
images

खातामा रकम नभएको चेक दिने रामेछापका पुरुष एक वर्षपछि पक्राउ

  • १ भाद्र २०७९, बुधबार १६:५५

काठमाडौँ । खातामा रकम नभएको चेक दिएर ठगी गरेको आरोपमा रामेछापका एक पुरुष काठमाडौँबाट पक्राउ परेका छन् ।

प्रहरीले खातामा रकम नभएको चेक दिएर ठगी गरेको आरोपमा रामेछापको मन्थली नगरपालिका ७ घर भइ हाल काठमाडौँको बानेश्वर बस्दै आएका ३९ वर्षीय निरज बुढाथोकीलाई पक्राउ गरेको हो । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी कमल थापाले जानकारी दिनुभयो । उच्च अदालत पाटनले २०७७ साल पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

बुढाथोकीले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध उजुरी दिएका थिए । उनलाई जिल्ला अदालतको आदेशले डिल्लीबजार कारागार चलन गरिएको एसपी थापाले बताउनुभयो ।