images
images

आफ्नो विरुद्धमा आएका पोष्टहरु सेयर गरेको भन्दै शिक्षकले कुटे कांग्रेसका वडासचिवलाई

  • १ भाद्र २०८१, शनिबार १६:३२

काभ्रेपलाञ्चोक । काभ्रेपालञ्चोकमा एक शिक्षकले नेपाली कांग्रेसका वडा समितिका सचिवलाई कुटपिट गरेका छन् ।

पनौती नगरपालिका –१ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा कार्यरत माध्यमिक तहका शिक्षक दिपक न्यौपानेले सोही वडा नम्बर ३ का नेपाली काग्रेसका वडा समिति सचिव अच्युत गौतममाथि सार्वजनिक स्थलमै हातपात गरेका हुन् । । शिक्षक न्यौपानेले आफु विरुद्ध सामाजिक सञ्जालमा आएका पोष्टहरु शेयर, कमेण्ट गरेको भन्दै कांग्रेसका वडा सचिवमाथि हातपात गरेको पाइएको छ ।

आफ्ना सचिव माथि हातपात भएपछि नेपाली कांग्रेस पनौती नगर समितिका कार्यबाहक सभापति श्रीराम थापाले विज्ञप्ति मार्फत घटनाको भत्सर्ना गरेका छन् । सामाजिक सञ्जालमा प्रविष्ट गरिएका विषयवस्तुहरुको कमेन्ट, शेयर वा लाइक गर्दा आफुलाई चिक्त नबुझे त्यसको न्यायिक उपचार पाउने संवैधानिक व्यवस्था हुदाहुँदै साङ्घातिक आक्रमण हुनु कानुनी राज्यको उपहास र व्यक्तिको सुरक्षामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस पनौती नगर समितिले सामाजिक स्थलमा हातपात गर्ने व्यक्तिलाई अविलम्ब कानुनी कारबाही गर्न र पीडितलाई न्याय दिलाउन मागसमेत गरेको छ ।