काठमाडौं । आस्विन संक्रान्तिका दिन आज कालिगढले विश्वकर्माको पुजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाका मुर्ति वा तस्विरमा विधिपुर्वक पुजा आरधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आज फलामबाट बनेका सामाग्री तथा गाडीहरुको पुजा गर्ने गरिन्छ । द्धापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुख दिएपछि विश्वकर्माले समुन्द्रका बीचमा भेदद्धारका बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुन्द्रका बीचमा भेदद्धारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रुपमा मानी सोही समयदेखि पुजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चांग निर्णयक समितिका अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो ।










