सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कार दुर्घटनामा परी दोलखाका दुई सहित ४ जना घाइते भएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ पोखरीस्थित चौतारा बन्देउ सडकखण्डमा कार दुर्घटना हुदाँ दोलखाका दुई सहित ४ जना घाइते भएका हुन् । दुर्घटनामा परी दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ का २८ वर्षिय सोनाम तमाङ, २२ वर्षिय राजेश तमाङ र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर २ का ४२ वर्षिय बसन्त गिरी र प्रतिमा गिरी घाइते भएका हुन् । घाइते उनीहरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६ ७७ नम्बरको सुजुकी कार अनियन्त्रित भएर दुर्घटना भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो । कार सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।










