images
images

नेपाली चलचित्रको इतिहासमा ‘प्रेमगीत ३’ सर्वाधिक बन्ने पक्का

  • १ आश्विन २०७९, शनिबार ११:३२

नेपाली चलचित्रको इतिहासमा ‘प्रेमगीत ३’ सर्वाधिक बन्ने पक्का भएको छ ।
निर्माणको समयदेखि जुन खालको हाइप फिल्मले बनाएको छ, त्यसको सिधा प्रभाव बक्सअफिसमा पर्नेमा दुईमत छैन । हिन्दीमा डब भएर भारतमा पनि प्रदर्शन हुन लागेकाले फिल्म कस्तो बनेको होला भन्ने कौहुलताले नै केही दिन नेपालका हलमा दर्शकको मेला लाग्ने देखिन्छ ।

बडा दशैंको अवसर पारेर असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ फिल्म प्रदर्शन हुँदैछ । फिल्मको हिन्दी गीतदेखि ट्रेलरसम्म सार्वजनिक भएयता नेपालमा ‘प्रेमगीत ३’को हिन्दी भर्सनको पखाई ठूलो छ । त्यसैले असोज ७ मै नेपालमा फिल्मको नेपाली र हिन्दी भर्सन एकसाथ प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । तर, यतिबेला फिल्मको हिन्दी डबलाई लिएर विवाद उब्जिएको छ ।