अछाम । अछाममा लगातारको वर्षासँगै आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर ९ जना बेपत्ता भएका छन् भने ११ जना घाईतेको उद्धार गरिएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको खनाखत कार्य जारी रहेको छ । वेपत्ताहरुको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।










