जिरी (दोलखा) । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खोलाले बगाएर दोलखाको कालिञ्चोक गाउँपालिका घर भएका एक शिक्षक बेपत्ता भएका छन् ।
हेलम्बु गाउँपालिका वडा नम्बर–१ स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत कालिञ्चोक गाउँपालिका ३ का अन्दाजी ३८ वर्षीय केशव शिवाकोटी वेपत्ता भएका हुन् । आज दिउँसो स्थानीय छ्यादी खोलामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर उनी खोलामा बेपत्ता भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालिजेन ह्योल्मोले जानकारी दिनुभयो । उहाँका अनुसार शिवाकोटीको खोजीकार्य भइरहेको छ ।










