images
images

सिन्धुपाल्चोक कार दुर्घटना अपडेटः दोलखाका एक युवकको मृत्यु, तीन जनाको धुलिखेलमा उपचार हुँदै

  • १ आश्विन २०७९, शनिबार १८:३०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कार दुर्घटनामा परी गम्भिर घाईते भएका दोलखाका एक युवकको मृत्यु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ का २२ वर्षिय राजेश तमाङको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका उनलाई धुलिखेल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको केएमसि अस्पतालमा रिफर गरिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक (डिएसपी) शिव बुढाथोकीले जानकारी दिनुभयो । काठमाडौंबाट चौतारातर्फ आउँदै गरेको बा ४ च ५६७७ नम्बरको सुजुकी कार आज विहान सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ पोखरेस्थित चौतारा बन्देउ सडकखण्डमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते भएका दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ का २८ वर्षिय सोनाम तमाङ, सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका वडा नम्बर २ का ४२ वर्षिय बसन्त गिरी र ३१ वर्षिया प्रतिमा गिरीको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईतेमध्ये भीमेश्वर नगरपालिकाका तमाङको अवस्था गम्भिर रहेको डिएसपी बुढाथोकीले बताउनुभयो । कार आफैं अनियन्त्रित भएर सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।