images
images

जनसचेतन साकोसको कुल सम्पत्ति २ अर्ब नाघ्यो

  • १ आश्विन २०७९, शनिबार १९:४६

दोलखा । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति २ अर्ब नाघेको छ ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पति २ अर्ब १८ करोड ६९ लाख ४ हजार १ सय ६१ रुपैयाँ पुगेको हो । साकोसले २९ औं वार्षिक साधारणसभाको अवसरमा कुल सम्पति २ अर्ब १८ करोड ६९ लाख ४ हजार १ सय ६१ रुपैयाँ पुगेको जानकारी गराएको हो । संस्थाको शेयर पुँजी १६ करोड २९ लाख १४ हजार ८ सय रुपैयाँ रहेको छ भने २१ करोड ५९ लाख २९ हजार ५ सय ४ रुपैंया जगेडा कोष रहेको छ । यस्तै साकोसले ४ करोड ६३ लाख ७७ हजार ६ सय ऋण लगानी गरेको संस्थाका कोषाध्यक्ष भरत केसीले जानकारी दिनुभयो । साकोसले २ करोड ८३ लाख ६३ हजार ८ सय ५१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठको अध्यक्षतामा सदरमुकाम चरिकोटमा भएको साधारणसभामा भीमेश्वर नगरपाकालिकाका नगरप्रमुख प्रमुख ईश्वर नारायण मानन्धर, जिल्ला सहकारी संघ लिमिडेटकी उपाध्यक्ष सरुना मान्नधर, दोलखा जिल्ला बचत तथा ऋण सहकारी सस्था लिमिडेटका उपाध्यक्ष जगत सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साकोसको आजबाट सुरु भएको साधारणसभा असोज ३ गतेसम्म चल्नेछ । आज एकैदिन ९ वटा सेवा केन्द्रमा साधारणसभा सम्पन्न भएको छ ।