images
images

एक वर्षमा रास्वपाको साँढे ५ करोड बढी खर्च

  • १ आश्विन २०८१, मंगलवार १५:२०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक वर्षमा साढे ५ करोड भन्दा बढी खर्च गरेको छ ।

रास्वपाको आजदेखि सुरु भएको राष्ट्रिय भेलामा एक वर्षमा ५ करोड ६४ लाख ८१ हजार ७ सय २३ रुपैयाँ खर्च भएको आय–व्यय विवरण पेस गरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार उल्लेख गरिएको छ । पुँजीगत खर्च २ करोड ७५, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी देखाइएको छ । रास्वपाले आम्दानी भने ३ करोड ४० लाख मात्रै गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेला आजबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । भेलालाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले ठुला दलहरु रातारात मिलेमा रास्वपाले सिध्याउने चेतावनी दिनुभएको छ । वर्षाैँदेखि सदनमा रहेका भन्दा भर्खरै आएका दलका बारेमा चर्चा धेरै हुने भन्दै सभापति लामिछानेले चौथो पार्टी महत्वपुर्ण मन्त्रालय लिएर सरकामा जानु ठुलो कुरा भएको बताउनुभयो ।

रास्वपाको जारी भेलामा बागमती प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेशसभापति डा. अच्युतम लामिछानेले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् ।