images
images

दोलखाका स्थानिय सरकारलाई पहिलो किस्ता वापत १ अर्ब ३३ करोड निकासा

दोलखा । दोलखाका स्थानीय तहले चालु आर्थिक वर्ष सँघ र प्रदेश सरकारको अनुदान तर्फको पहिलो किस्ता वापत १ अर्ब ३३ करोड भन्दा बढि रकम प्राप्त गरेका छन् ।

स्थानीय तहहरुले संघीय सरकार र प्रदेश सरकारको वित्तिय समानीकरण र सशर्त अनुदान वापत १ अर्ब ३३ करोड ४२ लाख ७ हजार ७ सय ६० रुपैयाँ बजेट प्राप्त गरेका हुन् । जिल्लाका ९ स्थानीय तहमा सो बराबरको रकम निकासा भईसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) दोलखाका कोष नियन्त्रक मुरारी निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार ९ स्थानीय तहले संघीय सरकारको सशर्त अनुदान र वित्तिय समानीकरण तर्फ १ अर्ब २८ करोड ३४ लाख २ हजार ७ सय ६६ रुपैयाँ रकम निकासा लगेका छन् ।

जसमध्य सबैभन्दा बढि भीमेश्वर नगरपालिकालाई १६ करोड ५१ लाख ७५ हजार बजेट निकासा भएको छ भने जिरी नगरपालिकालाई १० करोड ४४ लाख ५० हजार बजेट निकासा भएको छ । गाउँपालिकातर्फ कालिञ्चोक गाउँपालिकालाई १३ करोड ३ लाख रकम निकासा भएको छ भने गौरीशंकर गाउँपालिकालाई ११ करोड १७ लाख १६ हजार ३ सय ८४ रुपैयाँ बजेट निकासा भएको छ । जिल्लाको तामाकोशी गाउँपालिकालाई ११ करोड १९ लाख ६४ हजार ९ सय ६७ रुपैयाँ र बैतेश्वर गाउँपालिकाले १० करोड ४८ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ निकासा लगेको छ । यस्तै मेलुङ गाउँपालिकाले १० करोड ५० लाख १० हजार ६ सय ६६ रुपैयाँ, विगु गाउँपालिकाले ९ करोड ५८ लाख ३० हजार ८ सय ३३, शैलुङ गाउँपालिकाले ९ करोड ९० लाख ११ हजार ५ सय ८३ रुपैयाँ रकम निकासा लगेको छ ।

स्थानीय तहहरुले संघीय सरकार र प्रदेश सरकारको वित्तिय समानीकरण र सशर्त अनुदान वापत १ अर्ब ३३ करोड ४२ लाख ७ हजार ७ सय ६० रुपैयाँ बजेट प्राप्त गरेका हुन् ।कोलेनिका दोलखाका अनुसार जिल्लाका ९ स्थानीय तहले प्रदेश सरकारबाट प्राप्त पहिलो किस्ता वापत ३० करोड ५८ लाख ८६ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् । स्थानिय तहहरुले चालु वर्षको बजेट पास गरि गत आर्थिक वर्षको खर्च विवरण बुझाएपछि मात्रै पहिलो किस्ता निकासा गरिने प्रमुख निरौलाले बताउनुभयो ।

कोलेनिका दोलखाका अनुसार जिल्लाका ९ स्थानीय तहले प्रदेश सरकारबाट प्राप्त पहिलो किस्ता वापत ३० करोड ५८ लाख ८६ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् । जसमध्य भीमेश्वर नगरपालिकालाई समानिकरणतर्फ ४६ लाख ६३ हजार ७ सय ७५ रुपैयाँ, सशर्त तर्फ ६९ लाख १२ हजार ५ सय गरी १ करोड ९० लाख ४२ हजार ५ सय रकम निकासा भएको छ भने जिरी नगरपालिकालाई समानिकरणतर्फ २७ लाख ११ हजार, सशर्त तर्फ ५६ लाख ५ हजार र ३७ लाख १९ हजार ५ सय रकम निकासा भएको छ ।

गाउँपालिकातर्फ विगु गाउँपालिकाले समानिकरण वापत २९ लाख ७१ हजार, सशर्त वापत ५६ लाख ५२ लाख ५ सय, विशेष अनुदानमा ३६ लाख २५ हजार, समपुरक अनुदानतर्फ ७० लाख ७१ हजार ५ सय गरी १ करोड ९३ लाख २० हजार निकासा लगेको छ भने गौरीशंकर गाउँपालिकाले समानिकरणतर्फ २८ लाख ३७ हजार ५ सय, सशर्त तर्फ ५४ लाख ६४ हजार र समपुरक अनुदानतर्फ ५० लाख गरी १ करोड ३३ लाख १ हजार ५ सय रकम निकासा लागेको छ ।

यसैगरी, मेलुङ गाउँपालिकाले समानीकरण वापत ३२ लाख ३८ हजार, शसर्त अनुदान वापत ८२ हजार ६ सय, विशेष अनुदान बापत ३७ लाख ५० हजार र समपुरक अनुदान वापत ५० लाख गरी २ करोड १ लाख ९४ हजार पाएको छ भने शैलुङ गाउँपालिकाले समानिकरण वापत ३० लाख ६६ हजार ७ सय ५०, सशर्त अनुदान वापत ५१ लाख २४ हजार, विशेष अनुदान १५ लाख र समपुरक वापत ५० लाख गरी १ करोड ४६ लाख ९० हजार ७ सय ५० रुपैयाँ रकम पाएको छ । जिल्लाको तामाकोशी गाउँपालिकाले समानिकरण वापत ३१ लाख ७७ हजार २ सय ५०, सशर्त अनुदान वापत ६६ लाख ११ हजार र समपुरक अनुदानवापत ७४ लाख ९४ हजार ५ सय गरी १ करोड ७२ हजार तथा वैतेश्वर गाउँपालिकाले समानिकरण तर्फ ३२ लाख ३३ हजार ७ सय ५०, शसर्त अनुदानतर्फ ६४ लाख ९६ हजार, विशेष अनुदानतर्फ ३२ लाख ५० हजार र समपुरक अनुदान तर्फ ७४ लाख ९१ हजार ७ सय ५० रुपैयाँ गरी २ करोड ४ लाख ७१ हजार ५ सय रकम निकासा लगेको छ ।

जिल्लाको कालिञ्चोक गाउँपालिकाले समानिकरण तर्फ ३५ लाख ४ हजार, शसर्त अनुदानतर्फ ६५ लाख ५१ हजार, विशेष अनुदानतर्फ ५६ लाख २५ हजार र समपुरक अनुदान तर्फ ७५ लाख गरी २ करोड ३१ लाख ८० हजार रकम निकासा लगेको छ । स्थानिय तहहरुले चालु वर्षको बजेट पास गरि गत आर्थिक वर्षको खर्च विवरण बुझाएपछि मात्रै पहिलो किस्ता निकासा गरिने प्रमुख निरौलाले बताउनुभयो ।