images
images

जेसिबी दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु

  • ३१ आश्विन २०७९, सोमबार १४:२७

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा जेबिसी दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु भएको छ ।

रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर २ का २५ वर्षिय जिवराज तमाङको जिसिबी दुर्घटनामा परी मृत्यु भएको हो । उनी जेसिबी चालक हुन् । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ कुखुरे पाखाबाट कटुन्जेतर्फ जाँदै गरेको बा २ ख ८६०२ नम्बरको जेसिबी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जेसिबी सडकबाट करिव १५ फिट तल खसेको थियो ।