images
images

दोलखामा मृगौला पीडितको संख्या बढ्दो, यो वर्षमात्रै २९ जना रोगी थपिए

 

दोलखा । दोलखाको विगु गाउँपालिकाका तीन वर्षीय एक बालकको दुवै मृगौला फेल भएको छ ।

विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुका मानबहादुर विश्वकर्माका तीनवर्षीय छोरा अनिस विश्वकर्माको दुबै मृगौला फेल भएको हो । गत साउन महिनादेखि ति बालकको स्वास्थ्यमा निरन्तर समस्या देखियो । साउनदेखि झाडावान्ता हुने, शरीर सुक्ने र फुल्ने समस्या देखिए पछि अभिभावकले गाउँघरमै उपचार गराए । उनीहरुले धामी झाँक्रिको सहारा पनि लिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उपचारका लागि वालकलाई काठमाडौं लगियो । स्वास्थ्य परिक्षणको क्रममा उनको दुवै मृगौला फेल भएको पुष्टि भयो ।

अहिले ति बालकको कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ । करिव दुई महिनादेखि कान्तिबाल अस्पतालमा उपचाररत रहेका बालकको उपचारमा लाग्ने खर्च व्यहोर्न परिवारले नसक्ने स्थित आएको बालककी आमा सरिता विश्वकर्माले बताउनुभयो । बालकका बुबा मानबहादुर र आमा सरिताको नाममा गाउँमा आफ्नो नाममा जग्गा समेत छैन । भारी बोकेर, अरुको काम गरेर जिविकोपार्जन गर्दै आएका उनीहरु नावालक छोराको दुवै मृगौला फेल भएपछि जीवन रक्षाका लागि परिवारजनले सहयोगको याचना गरेका छन् ।

दोलखाको  विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुका मानबहादुर विश्वकर्माका तीनवर्षीय छोरा अनिस विश्वकर्माको दुबै मृगौला फेल भएको छ । भारी बोकेर, अरुको काम गरेर जिविकोपार्जन गर्दै आएका उनीहरु नावालक छोराको दुवै मृगौला फेल भएपछि जीवन रक्षाका लागि परिवारजनले सहयोगको याचना गरेका छन् । यो त प्रतिनिधिमुलक घटना मात्रै हो ।  जिल्लाको ५ वटा स्थानीय तहमा यो वर्ष मात्रै २९ जना मृगौला पीडीत फेला परेका छन् । त्यसमध्ये १८ वर्ष उमेर समुहका दुई जना किशोर छन् भने ११ वर्षिया एक बालिका छिन् ।

यो त प्रतिनिधिमुलक घटना मात्रै हो । दोलखाका अन्य पालिकाहरुमा पनि मृगौला फेल भएका बालबालिका रहेका छन् । जिल्लाको ५ वटा स्थानीय तहमा यो वर्ष मात्रै २९ जना मृगौला पीडीत फेला परेका छन् । त्यसमध्ये १८ वर्ष उमेर समुहका दुई जना किशोर छन् भने ११ वर्षिया एक बालिका छिन् । अन्य सबै २५ वर्ष माथिका मृगौला पिडित छन् । दोलखाको भीमेश्वर नगरपालिकामा सवै भन्दा बढी १५ जना मृगौला पीडीत छन् । भीमेश्वरका १४ जनाको एउटा मात्रै मृगौला फेल भएको छ भने एक जनाको दुवै मृगौला फेल भएको छ । उनीहरुको उमेर समुह २५ वर्ष माथि रहेको भीमेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै तामाकोशी गाउँपालिका वडा नम्बर १ का १८ वर्षिय किशोर र वडा नम्बर ५ का १८ वर्षिय किशोरको एउटा–एउटा मृगौला फेल भएर उपचार गराइरहेकाछन् भने वडा नम्बर ७ की ११ वर्षिया बालिकाको दुवै मृगौला फेल भएको छ । उनी पनि उपचाररत रहेको तामाकोशी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

विगु गाउँपालिकाका ४३ वर्षिय एक पुरुषको एउटा मृगौला फेल भएको छ भने तीन वर्षिय बालकको दुवै मृगौला फेल भएर उपचार गराइरहेका छन् । जिरी नगरपालिकामा ८ जना मृगौला पीडीतहरु रहेका छन् । उनीहरुको उमेर समुह ४० वर्ष माथि रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शैलुङ गाउँपालिकाका एक जना ६४ वर्षिय पुरुषको पनि एउटा मृगौला फेल भएको छ ।

मृगौलामा समस्या हुँदा यस्तो समस्या देखिन्छ

मृगौलामा समस्या देखिएपछि छिटो–छिटो पिसावलाग्ने, विहान सुतेर उठ्दा मुख सुनिने,स्वाँ–स्वाँहुने, खानामा अरुची हुने, वाकवाकी लाग्ने, वान्ता हुने, निन्द्रामा कमी, शरीर चिलाउने, कमजोरी महशुस हुने र पिसाबको रङ परिवर्तन हुने जस्ता लक्षण देखिने चिकित्सकहरुले बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको बर्तमान गठबन्धनको सरकारले मृगौला पीडीतका लागि एक लाखसम्मको निशुल्क उपचार, निशुल्क डाइलासिस सेवा तथा मासिक ५ हजार समेत उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका अलवा स्थानीय सरकारले पनि पालिकाको निर्णय अनुसार केही रकम उपलब्ध गराउने गरेका छन् ।